Monday, July 8, 2013

बाटोको खोजीमा

बाटोको खोजीमा
-राबत


इतिहासको छातीमा
गाढेर तीखो डन्डी
फरफराइरहेको झन्डामुनि
तिम्रोजस्तै
मेरो पनि छ-
एउटा मुट्ठी
एकजोर पैताला

खोस्रेर हेर्यौ भने अनुहारहरु
देख्नेछौ मेरो पनि
एउटा दुब्लो नागरिकता
एउटा पुरानो लालपुर्जा
जहाँ मुस्कुराइरहेका हुनेछन
बाउबाजेका बन्धकिमुक्त बूढी औठाहरु |

तिमीलेजस्तै मैले पनि
हिउको फेटा बाँधेर शिरमा
पहाडलाई फनफनी बेरेर घाँटीमा
धुलो उडाउदै दौडेको छु फाटहरुमा

तिमीलाईजस्तै मलाइ पनि
हरेक बिहानीले सलाम ठोकेर जान्छ
हरेक साँझले

No comments:

Post a Comment